काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेनजी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् । जेनजी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन कांग्रेस तयार रहेको उनको भनाइ छ ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि मागे । सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताए । उनले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उनले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गरे ।
उनले भने, ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ती भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३/६४ सालको आन्दोलनको गौरव गर्छौँ । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरू आन्दोलनमा आए । ती मागहरू पूरा गर् नसके मात्र हामी त्यसप्रति गौरव गर्छौँ ।’
उनले अगामी दिनहरूमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया