काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीले सुर्खेतमा आयोजना गर्ने चुनावी सभा परिवर्तन उद्घोष सभा मार्फत आज वाचापत्र प्रस्तुत गर्न लागेको हो ।
घण्टाघर चोक, सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि पार्टीले बुधबार धनगढीमा पनि परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया