दुर्गा प्रसाईँलाई बिना शर्त रिहाइ गर्न राप्रपाको माग

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिहाइको माग गरेको छ ।

सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै प्रहरीले प्रसाईँलाई सोमबार साँझ भक्तपुरस्थित प्रसाईँको निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईँलाई पटकपटक पक्राउ गरिएको भन्दै राप्रपाका नेताहरुले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी ध्यानाकर्षण गराएका हुन् ।

आज राप्रपा वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठसहितको टोलीले गृहमन्त्रीसँग भेट गरी प्रसाईँलाई बिना शर्त रिहाईको काम गरेको हो ।

‘बिना कारण पटकपटक पक्राउ गरिरहने र हिजो फेरि नियन्त्रणमा लिइ हिरासतमा राखिएका दुर्गा प्रसाईलाई बिना शर्त तत्काल रिहा गर्न आज राप्रपाले सरकारको ध्यानाकर्षण गराएको, ’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?