काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
सोमबार पक्राउ परेका प्रसाईँलाई मंगलबार काठमाडौं प्रशासनले हिरासतमा राख्न अनुमति दिएको हो ।
हिजो साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईँलाई भक्तपुरको गोठाटारबाट पक्राउ गरेको थियो ।
निर्वाचनका बेला भ्रम फैलाई शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउन महाअभियान चलाइरहेका प्रसाईँले फागुन २१ को निर्वाचन हुन नदिने चेतावनी दिँदै आइरहेका छन् ।
त्यसो त प्रसाईँ केही समयअघि मात्रै हाजिरी जमानीमा छुटेका थिए । उनलाई यसअघि अफवाह फैलाइएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया