दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै आजपाले भन्यो- ‘शासन र लोकतन्त्रमाथि प्रहार भयो’

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । आम जनता पार्टी (आजपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ । 

आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँलाई  रिहा गर्न माग गरेका  हुन् ।  

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित गर्ने र पटकपटक गिरफ्तारी गर्नछोड्न केटाकेटी खेल खेल्नु सरकारको मर्यादा र परिपक्वताको विपरीत मात्र नभई विधिको शासन र लोकतन्त्रमाथि प्रहार हो प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौँ ।’

प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?