पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपात हुने

लोकपथ
91
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।

सोमबार तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम  मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?