दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३३ रनकाे लक्ष्य

लोकपथ
42
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो । नेपालको इनिङ्समा दीपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण योगदान दिए ।

दीपेन्द्र टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बनेका छन् । यसअघि सुवास खकुरेलले सन् २०१४ को आईसीसी टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए ।

नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज अहिले जवाफी ब्याटिङमा छ । खेलको नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?