रौतहटमा मोटरसाइकल दुर्घटना, दम्पतीको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमतीको मृत्यु भएको हो  ।  

रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक दुर्घटना भएको हो । 

बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ३० यु १३७१ को मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रीमान्–श्रीमतीलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । तर उपचारकै क्रममा दुवैको मृत्यु भएको हो  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?