महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

लोकपथ
42
Shares
हेलिकप्टरबाट लिइएको काठमाडौँको पशुपति क्षेत्रको दृश्य

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपति क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपति क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो ।

महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढंगले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?