काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन् । उनको स्वागत गर्न पूर्व राजा समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुने तयारी गरेका छन् ।
स्वागत कार्यक्रममा कुनै उच्छृङ्खल गतिविधि नहोस् भनेर स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको हाे ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले दिउँसो १२ बजे विमानस्थलमा भव्य स्वागतको लागि सबैलाई आव्हान गरेको छ ।
विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवाससम्म सुरक्षा सुनिश्चित गर्न २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया