३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो 

लोकपथ
224
Shares

काठमाडौं । स्थानीय बजारमा आज  सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ३ हजार रुपैयाँले घटेको हो । 

अघिल्लो दिन ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहिबार ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?