ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र शान्तिसुरक्षा व्यवस्थाबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी छन् ।
आजै बिहान प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजाअर्चना गरेकी छन् । पूजाअर्चनापछि उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।’
प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, र निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गरी आगामी निर्वाचनको तयारीको समीक्षा गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया