डोल्पा । डोल्पामा आज बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–३ जिउगाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप बिहान साढे १० बजेतिर दुर्घटनामा पर्दा त्रिपुरासुन्दरी–३ जिउगाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दुर्घटनामा परी जिउगाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी–४ रंगकी ४५ वर्षीया रमा बोहोरा र चालक २५ वर्षीय एलिस बुढाथोकी घाइते भएका छन् ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया