काठमाडौं । नेकपा एमालेका सांसद नेपालको नक्शामा छुटेका भूमी लिपुलेक, कालापनी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गर्न सफल भएपनि उपभोग गर्न नपाएको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सीमावर्ती भूभागलाई नेपालको नक्शामा समावेश गरी संविधानमा व्यवस्था गरिएको निर्णयलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताइ ।
नेकपा एमाले राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका उनले उक्त निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई आफ्नो राजनीतिक जीवनकै महत्वपूर्ण क्षणका रूपमा स्मरण गरे ।
भट्टराईकाअनुसार संविधान संशोधनमार्फत समेटिएको सो भूभाग हालसम्म पनि व्यवहारिक रूपमा उपभोग गर्न सकिएको छैन । उनले निरन्तरको राजनीतिक अस्थिरताका कारण कुटनीतिक पहल प्रभावकारी हुन नसक्दा गुमेको भूमी फिर्ता ल्याउन समस्या भएको बताए ।
राजनीतिक अस्थिरताले गर्दा कानुनहरु बन्ने गरेपनि कार्यान्वयनमा समस्या भएको अनुभुति भएको उनको भनाई छ । उनले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक भएको बताए । देशको दीर्घकालीन हित र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि स्थिर राजनीतिक वातावरण अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले हाम्रो संविधानमा छुट भएको सुदूरपश्चिमको सीमानामा रहेको भुभागलाई नेपालको नक्शामा समावेश गरेर संविधानतः व्यवस्था गरेका छौँ । यो निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई एउटा ऐतिहासिक अवसरको रुपमा लिएको छु । यद्यपि अहिलेसम्म उक्त भूमी उपभोग गर्न सकिएको छैन । निरन्तरको राजनितिक अस्थिरताको कारण पनि कुटनीतिक काम व्यवस्थित हुन सकेको छैन । यस्तो हुन नसक्दा कार्यान्वयनमा समस्या रहेको अनुभुति भएको छ । अब राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गरेर भएपनि स्थायित्व हुनु जरुरी छ ।’
उनले राष्ट्रिय सभाको कारण नै नेपालको संविधान जीवित रहेको उल्लेख गरे ।
नेपालको संविधानलाई केही तत्वहरुले फाल्न खोजेको उल्लेख आरोप लगाउँदै उनले राष्ट्रिय सभाको कारण असफल भएको दाबी गरे । उनले संविधान र संघीयताको सफल कार्यान्वयनको लागि राष्ट्रिय सभाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया