कार्यकर्तालाई प्रचण्डको निर्देशन : ‘सबैभन्दा उत्कृष्ट पार्टी बनाउने प्रयास गरौँ’ 

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टीको माहोल बढ्दै गएको दाबी गरेका छन् ।

बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै संयोजक दाहालले भने, ‘प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले राम्रो नतिजा ल्याउने देखिन्छ । हाम्रो वेब अन्य पार्टीभन्दा बढी हामीतर्फ छ । विपक्षी दल, बुद्धिजीवी तथा पत्रकारहरूले समेत यो स्वीकार गरेका छन् ।’

दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा उत्कृष्ट पार्टी बनाउन मेहनतपूर्वक प्रचार अभियानमा लाग्न निर्देशन दिए । उनले नयाँ दलहरू केही नयाँ क्षेत्रमा प्रभाव देखाए पनि पुराना क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको प्रभुत्व कायम रहेको बताए ।

साथै, उनले कांग्रेस, एमाले र रास्वपा बिच कडा प्रतिस्पर्धा हुने उल्लेख गर्दै आगामी १०–१५ दिन भित्र नेकपाले अन्य दललाई पछाडि पार्ने विश्वास व्यक्त गरे ।

संयोजक दाहालले नेकपा नयाँ र भिजनयुक्त पार्टी भएको उल्लेख गर्दै हजारौँ युवा पुस्ताले पार्टीलाई समर्थन गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?