रुपन्देहीबाट रविले भने–‘सत्ता हासिल गर्ने नेताहरुले जनतालाई नजरअन्दाज गर्छन्’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं-१ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले  यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, र हुनेछन् अब जनताले उनीहरूलाई पत्याउने छैनन् ।’

लामिछानेले आफ्नो भाषणमा जनताको आवाजलाई राजनीतिक निर्णयको केन्द्रबिन्दु बनाउनु पर्ने जोड दिएका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?