इङ्ल्याण्डसँगको खेलपछि प्रधानमन्त्रीले गरिन् नेपाली खेलाडीको प्रशंसा

लोकपथ
497
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले इङल्याण्डसँग कडा प्रतिष्पर्धा गरे पनि जित निकाल्न सकेन ।

आइबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित हुन पुग्यो ।

नेपालले अपेक्षा भन्दा धेरै राम्रो खेलेको भन्दै प्रशंसा भइरहेको छ । १८५ रनको लक्ष्य पाएको नेपालले सुरुवातबाटै राम्रो प्रदर्शन गरेका थिए ।

विश्वकप क्रिकेट नियालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले जित निकाल्न नसके पनि नेपाली खेलाडीहरुले देखाएको जोसपूर्ण खेलप्रति प्रशंसा गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्कीले जित हार खेलको नियम रहेको भन्दै आजको खेल अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।

‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ,’ उनले भनेकी छन् ।

यता पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत नेपाली टीमको प्रसंशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?