काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर नबनेको बताएका छन् ।
उनले कामठाडौं निर्वाचन क्षेत्र नं-२ बाट पार्टी उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताए ।
अध्यक्ष लिङ्देनले पार्टीलाई निषेध गरेर कमजोर बनाउन सकिन्छ भन्ने भ्रम नपाल्न मतदातालाई चेतावनी दिएका छन् । साथै, व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको कडा निन्दा गरेका छन् । उनले सरकार नियतवश नै प्रसाईँलाई निरुत्साहित गर्न खोजेको आरोप लगाए ।
लिङ्देनले संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै, ‘शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्न वा विरोध गर्न पाउने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो,‘ उनले भने
उनले देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए ।
उनले आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा विदेशीले मिलाइदिन थालेको टिप्पणी गर्दै मतदाताहरूलाई फेसबुक, रिल, टिकटकमा देखाइएका धारणाले नभई देशको भविष्यलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे ।
अध्यक्ष लिङ्देनले पोखरेललाई निष्ठावान र सेवामा समर्पित उम्मेदवार भएको दाबी गर्दै, उनलाई मतदान गर्नु भनेको केवल व्यक्तिलाई नभई देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको ठाने ।
उनले निर्वाचन आयोगको आचारसंहिताको सम्मान गर्दै मतदातालाई पार्टीको चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया