कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

लोकपथ
91
Shares

 काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरको शाखा पहिलोमा पुनः सञ्चालनमा आएको हो ।

पुनः सञ्चालन कार्यक्रमका अवसरमा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘आगो र क्षतिको दुःखद घटना भएपनि अब त्यसमा पछुताउने समय होइन । हामीसँग हिम्मत र क्षमता छ, क्रमशः सबै सुपरमार्केट छिट्टै पुनः सञ्चालनमा आउनेछन् ।’

गुरुङले जेनजी आन्दोलनका दुःखद् घटनापछि भाटभटेनी मात्र नभएर नेपाल पनि अघि बढ्ने विश्वास व्यक्त गर्दै, भगवानसँग प्रार्थना गरे, ‘हे भगवान, अब उप्रान्त नेपालमा यस्तो कहिल्यै नहोस् । नेपाल राम्रो होस् ।’

उनले भने, ‘नेपालमा जुन दुर्घटना भयो, त्यसको ठुलो भार भाटभटेनीले भोग्नु परेको छ । तर जिरोबाट उठेको एउटा भाटभटेनी अब क्रमशः सबै उठ्नेछ । भाटभटेनी मात्र होइन, नेपाल नै उठ्नेछ । नेपालीले आफ्नै सृजना गर्ने क्षमता राख्छन् ।’

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा निजी सम्पत्ति भित्र पर्ने १२ वटा भाटभटेनी सुपरमार्केट ध्वस्त भएका थिए । त्यसबाट अर्बौँ रुपैयाँको क्षति भएको थियो । गुरुङले ती सबै सुपरमार्केटको सञ्चालनमा ढिलाइ नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?