बलात्कार आरोपित प्रहरी जवान ठगुन्ना बैंगलोरबाट पक्राउ

लोकपथ
581
Shares

काठमाडौं । एक महिलालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी जवान भूपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरेको हो ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठगुन्नालाई सिनामंगलको गोल्डेन गेटबाट पक्राउ गरेको दाबी गरेको छ ।

आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै एक महिला विगत ३ महिनादेखि विभिन्न स्थानमा अनसन र धर्नामा बसेकी थिइन् । नेपाल प्रहरीका कार्यरत भूपेन्द्र सिंह ठगुन्नाले आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै ९ महिनाकी गर्भवती महिला सिंहदरबार लगायतका स्थानमा धर्नामा समेत बसेकी थिइन् ।

आफूलाई बलात्कार गरी गर्भवती बनाएको र पछि विवाह गर्ने आश्वासन दिई फरार भएपछि ती महिलाले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जबरजस्ती करणीको जाहेरी परेपछि आरोपित भूपेन्द्र सिंह ठगुन्ना भागेर भारतको बैंगलोर पुगेका थिए ।

प्रहरीले विमानस्थल नजिकैबाट पक्राउ गरेको दाबी गरे पनि अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंगलोरबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?