फेरि ४२ सयले घट्यो सुनको मूल्य, चाँदीकाे के भयो ?

लोकपथ
224
Shares

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ४ हजार २ सय रुपैयाँले  घटेको हो । 

अघिल्लो दिन २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ४२ सय रुपैयाँले घटेर  २ लाख ९१ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।  हिजो बिहीबार पनि तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको थियो । 

त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला  ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?