सिरिन्ज रोपेर झापामा एक जनाको हत्या, एक जना पक्राउ

लोकपथ
42
Shares

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा भएको सिरिन्ज आक्रमणमा एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्कने क्रममा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 उनका अनुसार आक्रमणमा प्रयोग गरिएको सिरिन्जमा के पदार्थ प्रयोग गरिएको थियो भन्ने विषयमा हालसम्म यकिन हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?