बालेनप्रति लक्षित गर्दै ओलीले भने– ‘अनुभवहीन व्यक्तिले देश चलाउने दाबी हास्यास्पद’

लोकपथ
252
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको  बताएका छन् । 

झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दाबी गर्नु हास्यास्पद रहेको बताए । 

देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको उनको भनाइ छ । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उनको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) प्रति लक्षित गर्दै उनले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गरे । उनले अमेरिकासहितका देशहरुमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेको दृष्टान्त दिए ।  

उनले भने, ‘एउटा आम निर्वाचन लडेको छैन, प्रधानमन्त्री हुन्छु, हुन्छ भनिदिएको छ । प्रचार गरेको छ, होहल्ला मच्चाएको छ । हो की क्या हो भनेको जस्तो पारेको छ । कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरेको देखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन । केही नजानेका, गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरुलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे । अमेरिकामा के भनिन्छ, ८० वर्षका खलि खाएका अनुभवी त्यहाँ नेता छन् , त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ, भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो । ’

अध्यक्ष ओलीले देश चलाउन, दर्शन, नीति र सिद्धान्त चाहिने  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?