सुन र चाँदी दुवैको मूल्यमा गिरावट : सुन तोलामा ९ हजार ५ सय  र चाँदी ६ सय २० रुपैयाँले घट्यो

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा हिजो बुधबार १४ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदी आज बिहीबार तोलामा ६ सय २० रुपैयाँले घटेको छ । आज ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?