स्वास्थ्य समस्याबिच रास्वपा सभापति लामिछाने चितवन जाँदै, घरदैलो गर्न अझै समस्या

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन् ।

खुट्टाको घाउ पूर्ण रूपमा निको नभए पनि आज बिहान चितवन  जान लागेका हुन् । लामिछानेले सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै चितवन जाने जानकारी दिएका हुन् । 

यसअघि सोमबार नै चितवन जाने तयारी भए पनि चिकित्सकको सल्लाहका कारण यात्रा स्थगित गर्नुपरेको लामिछानेले उल्लेख गरेका छन् । खुट्टाको घाउका कारण अझै समस्या रहेको र सहजरूपमा हिँडडुल गर्न नसकिरहेको बताइएको छ ।

स्वास्थ्य अवस्थाका कारण चितवन पुगेपछि तत्काल घरदैलो अभियानमा सहभागी हुने अवस्था नरहेको जनाइएको छ । पार्टीका अनुसार चितवनमा रहँदा लामिछानेले आफू बसेकै स्थानमा राजनीतिक भेटघाट तथा छलफलहरू गर्ने तयारी गरेका छन् । उनी चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?