काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल नियुक्त भएका छन् । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि कार्यालय सचिवको रुपमा कार्यरत दुलाललाई सभापति गगनकुमार थापाले उक्त जिम्मेवारी दिएका हुन् ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५(१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव श्री कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कावा मुख्यसचिवको जिम्मेवारी तोक्नुभएको छ,’ कार्यालय सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सभापति थापाले यसअघिका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत समेत गरेका छन् । पौडेलको राजीनामा स्वीकृत गर्दै दुलाललाई जिम्मेवारी दिएका हुन् ।
विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ मा कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया