हिमाली भू–भागमा गाडीमा मान्छे ओसारेर भए पनि मतदान गराउँछौँ : प्रधानमन्त्री कार्की

लोकपथ
77
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले देशभर तोकिएको समयमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले सरकार कुनै पनि हालतमा निर्वाचन रोक्न नदिने र आवश्यक परे दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन् ।

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा चिसो र कठिन परिस्थितिका कारण केही चुनौतीहरू भए पनि, आवश्यक परे सवारी साधन प्रयोग गरेर मानिसलाई ओसारेर पनि मतदान गराइने जानकारी दिइन् । 

उनले भनिन्, ‘निर्वाचन जसरी पनि हुन्छ । यो इमरजेन्सी जस्तो अवस्था हो, जसरी पनि निर्वाचन गराउनुपर्छ । नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण हुनेछ ।’

यस निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले देशभित्रका अभावहरू पुरा गर्दै र अन्तर्राष्ट्रिय सहयोगको मद्दतले निर्वाचन सम्पन्न गराइने पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र समयमै निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?