काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सरकारले सुरक्षा कडा गरेको छ । आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय निर्वाचन क्षेत्रमा परिचालन भएको छ ।
सरकारले २१ फागुनमा हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन एकीकृत सुरक्षा योजना बनाएको छ ।
यसअनुसार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचनको सुरक्षा व्यवस्था गर्नेछन् ।
प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्रको सुरक्षा हेर्नेछन् । सशस्त्र प्रहरी बलले दोस्रो सुरक्षा घेरोमा जिम्मेवारी लिनेछ भने नेपाली सेना बाहिरी घेरामा रहँदै सुरक्षा प्रमुख जिम्मेवारी सम्हाल्नेछ ।
आजदेखि १ सय ६५ निर्वाचन क्षेत्रमा सेना परिचालित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया