निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द 

लोकपथ
854
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको हो ।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानका लागि रवाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?