काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् ।
चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले स्थानीयसँग संवाद गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘काठमाडौंको खोलाछेउको जग्गा सार्वजनिक हो। यहाँका बस्तीमाथि बाढी आउँदा ठुलो जोखिम हुन्छ । त्यसैले बर्खामा ज्यान जोखिममा पर्ने सम्भावना रहेकालाई सुरक्षित ठाउँमा सार्न डोजर प्रयोग गरिएको हो। तर यसबारे गलत न्यारेटिभ फैलाइएको छ ।’
उनले थपे, ‘बर्खा लाग्दा असार महिनामा खोलाको किनारमा बस्ने बस्तीलाई सुरक्षित स्थानमा सार्नु पर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो ।’
बालेनले झापाको सन्दर्भ काठमाडौं जस्तो नभएको भन्दै, झापामा डोजर नलगाउने आश्वासन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया