आज कति छ सुनचाँदीको मूल्य ?

लोकपथ
1.1k
Shares

काठमाडौं । साताको तेस्रो कारोबारका दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३७ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ८६ हजार ६ सय  रुपैयाँमा कारोबार भएको  सुन आज  ३७ सय रुपैयाँले बढेर २ लाख ९० हजार  ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  लगातार केही दिनदेखि घटिरहेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।

 त्यस्तै आज  चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी  १ सय ३५ रुपैयाँले बढेको हो ।  हिजो ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?