काठमाडौं । एक महिने स्वस्थानी व्रतकथा आजबाट सम्पन्न भएको छ ।
पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको स्वास्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिनमा विधिपूर्वक सम्पन्न भएको हो । एक महिनाको तपस्या, संयम र भक्ति आज समापन भएको हो ।
घरघरमा सुनाइएको यो पवित्र कथाले श्रद्धालुहरूको मनमा धैर्य, विश्वास र शान्तिको सन्देश छोडेको छ ।
शिव–पार्वतीको लीला, नव रानीको कथा र स्वस्थानी माताको महिमा आज अन्तिम अध्यायसम्म पुगेको छ । व्रत बस्नेहरूको सुख–समृद्धि, सुस्वास्थ्य र वैवाहिक जीवन मधुर बनोस् भनी स्वस्थानी मातासँग प्रार्थना गरेका छन् । पर्वले हामीलाई संयम, भक्ति र कर्मको महत्व सिकाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया