काठमाडौं । उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
आइतबार दिउँसो स्वर्गीय पत्रकार सिटौलाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिङि अस्पताल) लगिएको हो ।
आजै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिटौलालाई मृत घोषणा गरेको थियो । परिवारको आग्रहमा उनको शव पोष्टमार्टमका लागि ग्राण्डी अस्पतालबाट टिचिङ अस्पताल लगिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारप्रसार अभियानका क्रममा बालेनसँगै सिटौला पनि सुदूरपश्चिम पुगेका थिए । शुक्रबार ग्राण्डी ल्याएसँगै उनलाई भ्यान्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
बालेनसँगै अछाममा चुनावी प्रचारका लागि पुगेका बेला शुक्रबार सिटौला बेहोस भएर ढलेका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
यो पनि…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया