वीरगन्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

लोकपथ
49
Shares

पर्सा । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए  । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न  पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा  तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ । 

त्यस्तै सोही अवधिमा  एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

त्यसैगरी,  एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ ।  २७ करोडबराबर रहरको दाल र  १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै  पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?