सुनको मूल्यमा एकै दिन साढे १८ हजारको गिरावट, तोलाको कति पुग्यो ?

प्रतितोलामा १५ सय ६५ ले घट्यो चाँदीको मूल्य

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाली बजारमा  सुनको मूल्य  घटेको छ ।  नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ हजार ५ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।    

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।

यो पनि : आज सुन र चाँदीको मूल्यमा भारी गिरावट हुने, चाँदी एकै दिन २६ प्रतिशतले झर्‍यो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?