प्रदेश र स्थानीय निर्वाचन भन्दा अगाडि नै अधिवेशन भइसक्छ : सभापति थापा

लोकपथ
147
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशन प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिले नै सम्पन्न हुने बताएका छन् ।

शनिबार काठमाडौं–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सभापति थापाले भने, ‘अब नयाँ स्थानीय र प्रदेश निर्वाचनभन्दा पहिले पार्टीको अधिवेशन भइसकेको हुनेछ । नयाँ अधिवेशनले पार्टीमा सबै निर्णय प्राइमरी प्रणालीमार्फत तलको तहबाट हुनेछ । प्रदेशको टिकटका लागि अब कसैले पार्टी सभापति वा महामन्त्रीको घर धाउनु पर्दैन। पार्टीमा कुनै गुट छैन। हिजोको जस्तो ६०र४० को भागबन्डा अब सकियो । कांग्रेसले पार्टीभित्र पनि भागबन्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्छ ।’

उनले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताए र नयाँ कांग्रेसले नेपाललाई बदल्ने संकल्प गरेर आएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?