गगन थापाको घोषणा– ‘सर्लाही ४ लाई मधेशकै उत्कृष्ट निर्वाचन क्षेत्र बनाउँछु’

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ लाई मधेश प्रदेशकै उत्कृष्ट निर्वाचन क्षेत्र बनाउने घोषणा गरेका छन् ।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा मतदाताहरुलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् ।

उनले मधेश प्रदेशमा म ३२ वटा निर्वाचन क्षेत्र रहेको र त्यसमध्ये सर्लाही क्षेत्र नं ४ लाई आफूले उत्कृष्ट बनाउने दाबी गरे ।

‘मधेशको ३२ वटा निर्वाचन क्षेत्र मध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाहीको क्षेत्र नं ४ हो भन्ने कुरा मैले बनाउँछु । यो कुरामा तपाईँहरु निश्चिन्त भए हुन्छ,’ उनले भने ।

त्यस्तै मतदातालाई आश्वस्त पार्दै उनले आफ्नो भर्खरै यात्रा सुरु भएको आफू अझै १० वर्ष सक्रिय राजनीतिमा रहने समेत उनले बताए ।

‘मेरो त भर्खर यात्रा सुरु हुँदैछ । म त भर्खर कांग्रेसको सभापति भएको छु, विशेष महाधिवेशनबाट । फेरि मलाई कांग्रेसको अधिवेशन गर्नुछ, फेरि मलाई सभापति बन्नुछ । अर्को ८–१० वर्ष त मलाई सक्रिय राजनीतिमा रहनुछ,’ उनले भने ।

सर्लाहीको सो क्षेत्रबारे आफूसँग रहेको विभिन्न क्षेत्रका विज्ञ रहेको टिमले अनुसन्धान गरिरहेको समेत बताए । काठमाडौं क्षेत्र नं ४ मा आफूले जनताले भनेअनुसारले काम गरेको कारण नै आफूलाई देशभरबाट खोजिएको समेत उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?