पति ऋषि धमलाको प्रचार गर्दै एलिजा भन्छिन्– ‘अबकी बार, धमला सरकार’

लोकपथ
280
Shares

काठमाडौं । पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका ऋषि धमला यतिबेला चुनावी प्रचारमा रहेका छन् ।

धमला आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं ४ मा प्रत्यक्षमा प्रतिष्पर्धां गर्दैछन् । माघ ६ गते त्यहाँ पुगेर मनोनयन गरेका धमला त्यसयता केही दिन प्रचारमा व्यस्त रहे । केहीदिनअघि काठमाडौं फर्किएका धमला मंगलबार पुनः रौतहट फर्किएका छन् ।

हाउभाउसहित बोल्न शैलीका कारण चर्चित रहेका धमला चुनाव प्रचारशैलीका कारण थप चर्चामा छन् । अरुले गर्ने आलोचनामा बेप्रवाह धमला कतै उखु बोकिरहेका, कतै जेरी पकाइरहेका, कतै ट्याक्टर चलाइरहेका त कतै काठ चिरिरहेका भेटिछन् । तीनै कुराले उनीमाथि ट्रोल बनाइँदा समेत धमला कुनै प्रवाह नगरी निरन्तर आफ्नो चुनाव प्रचारमा जुटिरहेका छन् ।

श्रीमती एजिला गौतम सोही पार्टीको समानुपातिकको पहिलो नम्बरमा रहेकी छन् । श्रीमान श्रीमती नै एकैपटक संसद प्रवेश गर्ने तयारीका साथ राजनीतिमा अघि बढेका धमला दम्पत्तिका लागि एकअर्काले प्रचार गरिरहेका छन् ।

गौतमले सामाजिक सञ्जालमा अब धमला सांसद मात्र नभएर सरकार नै चलाउने गरी अघि बढेकोे भन्दै ‘अबकी बार, धमला सरकार’ भन्दै प्रचार गरेकी छन् ।

‘रौतहट–४ को निकास र विकासबारे साक्षात्कार स् ऋषि धमला । अबकी बार, धमला सरकार । मोबाइल मा मतदान । आमजनता पार्टी जिन्दाबाद,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?