सुनचाँदीको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

लोकपथ
784
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ५०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । यो हाल सम्मको उच्च मूल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?