६ महिनामा ९० अर्बको पेट्रोलियम पदार्थ आयात

लोकपथ
154
Shares

पर्सा ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा  ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने  ३७ अर्ब ८५ करोड राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व संकलन भएको छ । त्यसैगरी सोही अवधिमा  २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व संकलन भएको छ । त्यस्तै   १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?