सुर्खेतमा ईभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा ईभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र. ०२००१ ज. ०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?