काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस्तै, १० ग्राममा २ लाख ६४ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । यस्तै, १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया