काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्ने भएका छन् । उक्त सभा जनकपुरमा आयोजना हुने भएको हो ।
सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरिनेछ । यसअघि आजको केन्द्रीय समितिको बैठकमा सभासम्बन्धी तयारी र कार्यविभाजनबारे छलफल गरिने जनाएको छ ।
सभापति थापा सर्लाही–४ बाट उम्मेदवार पनि रहेका छन् । विशेष महाधिवेशनपछि पुस ३० गते गगन थापा सभापतिमा निर्वाचित भएका थिए ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिका पदाधिकारीले पदबहाली गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया