आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : दोस्रो खेलमा पनि नेपाल पराजित

लोकपथ
77
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल २ रनले पराजित भएको हो । नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ 

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

नेदरल्यान्ड्सँगको खेलमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

यो खेलमा रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाउँदा बिन्दु रावलले १८ रन बनाइन् ।

नेपालसँगको खेलमा नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट, सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । 

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?