घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
980
Shares

काठमाडौं ।  नेपाली बजारमा  सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य  आज २९ सय रुपैयाँले घटेर  २ लाख ९२ हजार  २ सय रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।  महासंघका अनुसार आज चाँदी ५० रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर  ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?