विशेष महाधिवेशनपछि भोलि पहिलोपटक सभापति गगन थापा सानेपा जाने, भोलि नै कार्यसमिति बैठक

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक बस्ने भएको छ । 

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता भएको आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । भोलि पहिलोपटक सानेपामा बैठक बस्ने भएको हो । 

प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने बताए । 

‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले भने ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटेलहरूमा बसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?