सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ : अध्यक्ष ओली

लोकपथ
497
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने, तोडफोड गर्ने गतिविधि अपराधको दायरामा पर्ने र कारबाही हुनुपर्ने बताएका छन् ।

झापामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवलोकन गर्दै अध्यक्ष ओलीले कानुनअनुसार दोषीहरूलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार अपराधीहरूलाई जोगाउने प्रयासमा रहेको र त्यसैले कारबाही नहुने अवस्थामा रहेको पनि उल्लेख गरे ।

उक्त भ्रमणमा, ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाबाट मनोनयन दर्ता गराएका छन् । एमालेले भदौ ५ बाट प्रतिनिधित्वको तयारी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?