बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मंगलबार उत्साहपूर्ण रुपमा उम्मेदवारले मनोनय दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा (एमाले)बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी, राप्रपाबाट प्रदीपकुमार शाहलगायतले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दीपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारुलगायतले उम्मेदवारी दर्ता गराए । बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया