कांग्रेसबाट नुवाकोट–१ मा प्रकाशशरण महत र २ मा जगदिश्वरनरसिंह केसीले गरे उम्मेदवारी दर्ता

लोकपथ
105
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि नुवाकोटका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

नुवाकोट–१ डा. प्रकाशशरण महत र नुवाकोट–२ मा जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर कांग्रेसका दुवै उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका महतले नुवाकोटमा पहिलोपटक निर्वाचन लडेका हुन् । यता क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका केसीले पनि संघीय निर्वाचनमा पहिलोपटक उम्मेदवारी दर्ता गरेर मैदानमा उत्रिएका हुन् ।

त्यसो त क्षेत्र नं १ मा नेकपा एमालेबाट बद्री मैनाली र क्षेत्र नं २ बाट केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । साथै अन्य पार्टीका उम्मेदवारले समेत सम्बन्धित कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?