कांग्रेसले प्रकाशमान सिंहलाई टिकट दिएन, काठमाडौं–१ मा प्रबल थापा कांग्रेस उम्मेदवार

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई यसपटक टिकटबाट वञ्चित गरेको छ । 

२०६४ सालदेखि लगातार सबै चुनाव काठमाडौंबाट जित्दै आएका सिंहलाई यो पटक कांग्रेसले टिकट नदिएको हो । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंह यसअघि काठमाडौं–१ बाट विजयी बनेका थिए । उनलाई सभापति गगनकुमार थापाले ७ नम्बरमा जान भनेका थिए ।

कांग्रेसले क्षेत्र नम्बर १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ। उनी सभापति गगन थापानिकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?